Prakash Adhikari April 13, 2023

काठमाडौं, २९ चैत्र। नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ।

गृह मन्त्रालयले कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, राविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्चुनचन्द्र ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाललाई बढुवा सिफारिस गरेको हो।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले बुधबार विज्ञप्तिमार्फत् बढुवा सिफारिसको सूचना सार्वजनिक गर्नुभएको हो।

 

Share Now

Leave a comment.