काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार दिउँसो भएको मतदानअन्तर्गत वस्तुगत र जिल्ला नगर सदस्यहरुको अन्तिम परिणाम आएको छ।
वस्तुगत सदस्यतर्फ नरेशलाल श्रेष्ठ (९१ मत), लिलेन्द्र प्रसाद प्रधान (८३ मत), हरिबहादुर कार्की (८२ मत), शिवप्रसाद घिमिरे (७९ मत), अरनिको राजभण्डारी (७६ मत) छन्।
त्यस्तै डा. सुबोधकुमार गुप्ता (७५ मत), रविन पुरी (७४ मत), शोभा ज्ञवाली (७२ मत), भक्तबहादुर हमाल (७२ मत), नानीराज घिमिरे (७२ मत) पनि विजयी हुनुभएको छ।
त्यसैगरी मनोज अधिकारी (६७ मत), कमला श्रेष्ठ (६६ मत), पशुपतिदेव पाण्डे (६५ मत) र राजकुमार कार्की ‘राजु’ (६२ मत) ल्याएर विजयी हुनुभएको छ।
जिल्ला नगरमा १८ जना विजयी
नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएको निर्वाचनमा जिल्ला नगर सदस्यको नतिजा आएको छ।
जिल्ला नगर कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुनुभएको छ ।
विजयी हुनेहरुमा मोहन प्रसाद श्रेष्ठ (९१ मत), प्रयास कार्की (८८ मत), अमरेश चन्द्र बैदार (८१ मत), तारा बहादुर कार्की (८१ मत), नविन रिजाल (७९ मत),उमेश डालमिया (७३ मत) , बेदबहादुर श्रेष्ठ (७२ मत), उज्ज्वल प्रसाद कसजु (७२ मत) अब्दुल वाहिद मन्सुर (७० मत) ,कल्पना गैरे (७० मत), किशोर कुमार आचार्य (६९ मत), केशब प्रसाद भण्डारी (६७ मत),कृष्ण कुटवाल (६७ मत),पुष्पराज कुंवर (६६ मत), अनिलकृष्ण श्रेष्ठ (६४ मत), गोकुल श्रेष्ठ (६४ मत), निरक के.सी. (६३ मत), लक्ष्मण राज पौडेल (६२ मत) हुनुुहुन्छ ।


















