काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा रामचन्द्र संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ ।
वैद्यले ४३ मत पाउनुभएको छ ।
सो पदमा अन्जन श्रेष्ठ प्यानलबाट चुनाव लडेका अरुणराज सुमार्गीले ३७ मत ल्याउँदा उमेशलाल प्यानलका दिनेश श्रेष्ठले ३४ मत ल्याउनुभएको थियो ।
नेपाली कांग्रेस निकट वैद्य मंसिर ४ को निर्वाचनमा प्रदेशसभातर्फ समानुपातिक सूचीमा रहनुभएको थियो ।
दिनेश श्रेष्ठ यसअघिका जिल्ला नगर उपाध्यक्ष हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहनुभएका श्रेष्ठ अन्तिम समयमा उमेशलाललाई सहयोग गर्दै उपाध्यक्षमा दोहोरिनुभएको थियो ।
महासंघको निर्वाचनमा वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल निर्वाचित भइसक्नुभएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना जारी छ ।


















