Prakash Adhikari April 13, 2023

काठमाडौं, ३० चैत्र। अर्को स्टक एक्सचेञ्ज र दुईवटा कमोडिटी एक्सचेञ्ज स्थापना गर्नको लागि धितोपत्र बोर्डले इच्छुक संस्थासंग आवेदन माग गरेको छ ।

स्टक ब्रोकरको थप्न तथा स्टक र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न चुनावअघि परेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले बाटो खोलिदिएपछि नेपाल धितोपत्र बोर्डले बिहीबार प्रकृया अगाडि बढाएको हो।

बोर्डले बिहीबार एक सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र बस्तु बिनिमय बजार कम्पनी स्थापनाका लागि प्रकृया अगाडि बढाएको छ।

बोर्डले जारी गरेको सूचना अनुसार इच्छुक संस्थाहरुले १० दिनको समयभित्र बोर्डमा आवेदन दिनुपर्ने छ।

गत कात्तिकमा लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न परेको निवेदनमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले गत आइतबार अन्तिम फैसला गर्दै बाटो खोलिदिएको हो। न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार बोर्डलाई अगाडि बढ्ने बाटो खोलिदिएको थियो।

 

Share Now

Leave a comment.