अष्ट्रेलियाको क्यानवेरामा शुरु भएको पाचौ ओशियाना नेपाली खेलकुद मिटको क्रिकेट विधाको फाइनलमा एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का)ले न्यू साउथ वेल्सलाइ ६ विकेटले पराजित गरेको छ।
न्यू साउथ वेल्सले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको एन्काले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर १ सय ११ रनको लक्ष्य पूरा गर्न सफल भयो । एन्काका लागि ओपनर मनिष खकुरेलले ३८ बलमा २ चौका र १ छक्काको साथ ३३ रनको ईनिङ खेले ।
कप्तान सुनम गौतमले ३६ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाउँदा आशीष पोख्रेलले १४ बलमा अविजित १७ रन बनाए ।
वलेशका लागी विवेक ,हेमन्त ,नितेश ,साहिलले समान १ । १विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ वेल्सले २० ओभरमा १० विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।
वेल्सका लागि राजू न्यौपानेले २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रनको ईनिङ खेलेका थिए ।
खेलमा नितेश थापाले १८ बलमा १६ रन बनाएका थिए ।
एन्काकालागी उमेशले ४,विज्ञान र दीपकले २ । २ ,सुनमले १ विकेट लिएका थिए।
खेलको म्यान अफ द म्याच सुनम गौतम घोषित भएका थिए।
एन्का अध्यक्ष विजय जोशीले यस एेतिहासिक् जित दिलाउन सफल सम्पूर्ण खेलाड़ी साथसाथै व्यबस्थापक र संपूर्ण एन्का परिवारलाइ हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
कप्तान सुनम गौतमको नेतृत्व रहेको एन्का टिममा उप कप्तान दिपक क्षेत्री, सुवास खकुरेल, मनिष खकुरेल, अमित ज्ञवाली, रशिम कडेल, आशिष पोखरेल, कुलदीप ढुङ्गाना, प्रमेश गिरी, अंकित श्रेष्ठ, विज्ञान लुइटेल, जेनिश श्रेष्ठ, उमेश बादु, धिरज ज्ञवाली(प्रशिक्षक), अंकित पौडेल(व्यवस्थापक) छन् ।


















