नयाँदिल्ली(भारत),२४ चैत्र । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई शनिवार बिहान राष्ट्रपति भवन परिसरमा गार्ड अफ अनर प्रदान गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई एक विशेष कार्यक्रमका बीच गार्ड अफ अनर प्रदान गरिएको थियो ।
प्रधानमन्त्री ओलीले सम्मान गारद ग्रहण पछि दुई देशबीचको सम्बन्ध ऐतिहासिक, पुरानो र अनुपम भएको उल्लेख गर्दै ओलीले आफ्नो भ्रमणबाट त्यसको नवीकरण भएको बताए।
‘नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक हो, नेपालले सबै मित्रराष्ट्रसँग उत्तिकै राम्रो र सबल सम्बन्ध राख्छ’ सम्मान ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘त्यसमा पनि छिमेकी भारतसँगको सम्बन्ध महत्वपूर्ण छ।’
गार्ड अफ अनर लिनका लागि राष्ट्रपति भवन पुगेका प्रधानमन्त्रीलाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।
समारोहमा गृहमन्त्री राजनाथ सिंह, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।
आजै प्रधानमन्त्री ओलीसंग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटघाट गर्ने कार्यक्रम छ ।
स्वराजसँगको भेटवार्ता सकेर प्रधानमन्त्री ओलीले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
आजै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसंग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आजै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि रहेको छ ।