Prakash Adhikari April 16, 2023

काठमाडौं, ३ पौष । राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनुहुने भएको छ।
राजा चाल्र्स तृतीयको राज्याभिषेक आगामी मे ६ मा हुँदै छ।

सो राज्याभिषेकमा नेपाल सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम तय भएको शीतलनिवास स्रोतले बताएको छ।

स्रोतका अनुुसार मे ४ वा ५ मध्ये कुन दिन प्रस्थान गर्ने भन्ने टुंगो लागिसकेको छैन।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हाल्नुभएको छ।

वकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा २ हजार पाहुनालाई आमन्त्रण गरिने छ।

महारानी एलिजावेथको राज्याभिषेक समारोहमा करिब ३ घण्टा चलेको थियो भने त्यसमा १ सय २९ राष्ट्रका ८ हजार २ सय ५१ देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए।

 

Share Now

Leave a comment.