Prakash Adhikari April 17, 2023

 

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई भेट्न भक्तपुर बाल्कोटस्थित ओली निवास जानुहुने भएको छ ।

प्रधानमन्त्री दाहालको सचिवालयले दिएको जानकारी अनुसार दुई नेताहरु एमाले अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना र टीआरसी विधेयकको छलफल गर्न बालकोट जान लाग्नुभएको हो ।

दुवै नेताहरु हिजो साँझै बालकोट जाने कार्यक्रम तय भएपनि अन्तिम समयमा प्रधानमन्त्री दाहालले आफू अन्य काममा व्यस्त हुन पुगेकोले जान नसक्ने जानकारी दिएपछि शीर्ष नेताहरुको भेट रोकिन गएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विगत केहि दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको छ।

तर तीन दिन यता पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भै छलफल अवरुद्ध हुन पुगेकोले आज बिहान ९ प्रधानमन्त्री दाहाल , पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसुची रहेको छ। प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

Share Now

Leave a comment.