काठमाडौँ, ४ वैशाख (रासस) । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३.६४ अङ्कले ओरालो लागेर १९०८.०४ बिन्दुमा रोकिएको छ ।
आजको कारोबारमा कूल ३१ लाख ४४ हजार ५ सय ७३ कित्ता शेयर रु ९२ करोड ७८ हजार ५ सय ७१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये २३ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १ सय ८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ७ करोड २ लाख ४३ हजार ६ सय ४२ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु ४ करोड ३३ लाख ३६ हजार ५ सय, एनआइसी एशिया बैंक रु ३ करोड ११ लाख ५६ हजार ७ सय ४३, माछापुच्छ्रे बैंक रु दुई करोड ६७ लाख छ हजार ७ सय ४० र हिमालयन डिस्टिलरी रु २ करोड ६३ लाख ७ हजार ७ सय ४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार घटेको बजारमा आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । यस्तै, कालिञ्चोक दर्शन नौ दशमलब ९८, मैलुङ हाइड्रोपावर कम्पनी नौ दशमलब ९६, सिभिल बैंकको ऋणपत्र छ दशमलब १० र सामलिङ पावरको शेयर मूल्य चार दशमलव ९९ प्रतिशतले बढेको छ ।
सनराइज ब्ल्यूचिप फण्ड छ दशमलब २५, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब १४, उन्नति सहकार्य लघुवित्त चार दशमलव ३४, उपकार लघुवित्त चार दशमलव २१ र कालिका लघुवित्तको शेयर मूल्य चार दशमलब १० प्रतिशतले घटेको छ ।


















