Prakash Adhikari April 17, 2023

ओटवा(क्यानडा), ४ वैशाख । नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसी)का पदाधिकारीहरुले त्यहाँका खेलकुद मन्त्री पास्केल सेन्ट(ओन्ज ब्रोम मिसिसकोइसंग भेट गरेको छ ।

एनसीसीका अध्यक्ष किरोज श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष अमृत थापा र सचिव विनय यादव लगायतका पदाधिकारीहरुले त्यहाँका खेलकुद मन्त्री पास्केल सेन्ट-ओन्ज ब्रोम-मिसिसकोइलगायत धेरै स्थानीय ,राष्ट्रिय क्रिकेट र नेताहरूसँग बैठक भेटवार्ता गरेको थियो।

भेटवार्तामा क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दासानायके, क्रिकेट क्यानडा मास्टर्स काउन्सिलका उपाध्यक्ष इंग्लटन लिबर्ड, ओन्टारियो क्रिकेट संघका प्रशिक्षक अक्षय पाण्डे, सुश्री दशी, क्यानडाका राष्ट्रिय खेलाडी हर्ष ठाकर र केही स्थानीय तथा राष्ट्रिय क्रिकेट नेताहरुको उपस्थिति रहेको थियो ।

भेटमा एनसीसीका उपाध्यक्ष अमृत थापाले अन्तर्राष्ट्रिय विद्यार्थी र नयाँ आप्रवासीहरूलाई क्रिकेटसँग सक्रिय जीवन प्रदान गर्न क्लबले गरेको सहयोगलगायतका गतिविधिहरू प्रकाश पार्नुभएको थियो।

एनसीसीका सचिव विनय यादवले क्यानडामा तीव्र गतिमा बढ्दै गएको तर खेलको गति समात्न नसकेको क्रिकेट मैदानको गुणस्तर र नतिजाबारे उल्लेख गर्नुभएको थियो ।
यादवले क्रिकेट मैदानमा चेन्जिङ रुमजस्ता थप सुविधाको माग पनि उठाउनुभएको थियो ।

एनसीसीका अध्यक्ष किरोज श्रेष्ठले क्यानडाको क्रिकेट हब ब्राम्पटन सहरमा अन्तर्राष्ट्रिय खेलहरू ल्याउने विचार राख्नुभयो। उहाँले क्यानडामा फ्यानमा आधारित क्रिकेट निर्माण गर्न र टाढाको खाली क्रिकेट मैदानमा भन्दा पनि क्रिकेट हब सिटीमा अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्ने महत्त्वको वकालत गर्नुभएको थियो ।

स्थानीय र राष्ट्रिय स्तरमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि राष्ट्रिय तथा स्थानीय क्रिकेट नेताहरूले मन्त्रीसँग अन्य धेरै नवीन र रचनात्मक विचारहरू राख्नुभएको थियो।

भेटमा ब्राम्पटन साउथका सासद सोनिया सिद्धुले उत्कृष्ट कार्यक्रमको आयोजना गर्ने र आउने दिनमा क्यानाडा क्रिकेटलार्इ अगाडि बढाउन आफ्नो सहयोग रहने आश्वासन दिनुभएको थियो ।

Share Now

Leave a comment.