Prakash Adhikari April 18, 2023

काठमाडौं, ५ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा अचानक समस्या आएर अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठकमै उपचारको थप व्यवस्थाबारे छलफल भएको छ ।

मंगलवार अचानक राष्ट्रपति बेहोस भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

मन्त्रिपरिषद बैठकलगत्तै उपप्रधानमन्त्री पुर्णवहादुर खड्कालाई स्वास्थ्य अवस्था बुझेर थप उपचारका लागि के गर्ने भन्ने डाक्टरहरुसँग परामर्श गर्न अस्पताल पठाइएको हो ।

Share Now

Leave a comment.