Prakash Adhikari April 19, 2023

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ ।
तर बैठक बसेपनि आज कुनै संवैधानिक नियुक्तिको निर्णय भने भएको छैन् ।

दलहरुबीच सहमति भैसकेको प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिस गर्ने एजेण्डा छलफलमा आए पनि त्यसमा बैठकले निर्णय गर्न सकेन ।

बैठकमा सहभागी परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भन्नुभयो, प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस अर्को बैठकबाट निर्णय हुन्छ।’

तर अर्को बैठक कहिले बस्छ भन्नेबारे उहाँले केही खुलाउनु भएन।

सर्वोच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा चलेको छ।

महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वोच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुभएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य हुनुहुन्छ।

 

Share Now

Leave a comment.