Prakash Adhikari April 19, 2023

कीर्तिपुर(काठमाडौं), ६ वैशाख ।एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रनको योफगल बनाएको हो । युएईका लागि वृत्य अरविन्द र रोेहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १ सय ८५ रन बनाए

त्यस्तै मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा १ सय १८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख क्युदुस प्रविन्द्र कुमारले दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक एक विकेट लिए । —

Share Now

Leave a comment.