Prakash Adhikari April 20, 2023

जाजरकोट, ७ वैशाख (रासस) । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । मृतकको ठेगाना खुलेको छैन ।

Share Now

Leave a comment.