काठमाडौं, ८ वैशाख । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहुलियत दिने उद्देश्यले लवकुश इनोभेसन प्रालिसंग सम्झौता गरेको छ ।
यो सम्झौता अनुरुप बैंकका क्रेडिट कार्ड वाहकहरूले अब लवकुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्नेछन ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत लवकुश इनोभेसनमा पाइने विभिन्न वस्तुहरूको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने व्यवस्था मिलाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३ सय ४ शाखा सञ्जाल, २ सय ९५ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


















