Prakash Adhikari April 21, 2023

कीर्तिपुर(काठमाडौं), ८ वैशाख । अलराउन्डर कुशल मल्लको आक्रामक ब्याटिड.ले निरन्तरता पाएपछि ओमानविरुद्धको खेलमा नेपालले बल्ल लय समातेको छ । खेलमा बायाँहाते युवा अल राउण्डर मल्लले ओमानविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । कुशलले ३४ ओभरको अन्त्यसम्म ४५ बलमा ६९ रन जोडेका छन् । यो उनको ओडिआई करिअरको पाँचौं अर्धशतक हो ।

अहिले नेपालले ३४ ओभरको अन्त्यमा ५ विकेटको क्षतिमा १६२ रन जोडेको छ ।

आजको खेलमा टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो भएन ।

अभ्यास खेलमा शीर्ष खेलाडी मैदान नउतारिकन हराएको ओमानको टोलि आज शीर्ष खेलाडीमाथि हावी भैरहेको छ । ओपनर कुशल भूर्तेल र आशिफ शेख खाता नखोली आउट भएपछि नेपाल मनोवैज्ञानिक दवावमा थियो । टियु एण्डबाट आएका तीव्र गतिका बलर बिलाल खानको बलमा कुशल एलबीडब्लू आउट भएका थिए । चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड आउट भएका थिए । आसिफले १० र कुशलले ८ बल खेल्दा रन जोड्न सकेनन् ।

दुबै ओपनर खाता नखोल्दै आउट भएपनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । तर तीव्र गतिका बलर फैयज बटको १८ औं ओभरको पहिलो बलमा रोहित लेग साइडमा गाइड गर्न खोजेपनि टप एज लागेर प्वाइन्टमा कश्याप प्रजापतिबाट क्याच आउट भए । रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाए ।

भीम सार्की ३३ रनमा स्टम्पिङ आउट भए । भीम स्पिनर जिशान मकसुदको २१ औं ओभरको तेस्रो बलमा विकेटकिपर अदिल सफिकबाट स्टम्पिङ आउट भए । भीमले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि ब्याटिड. सम्हालेका आरिफ शेख ४३ बलमा २९ रन बनाएको अवस्थामा जतिन्दर सिंंहबाट आउट भए ।

अहिले कुशल र दीपेन्द्रसिंह ऐरी मैदानमा ब्याटिड. गरिरहेका छन् ।

नेपालको सुरुवात भने निकै खराब गरेको थियो । नेपालले पहिलो रन २८ औं बलमा जोडेको थियो । सुरुवाती २७ बल सम्म नेपालले दुबै ओपनर गुमाउँदा कुनैपनि रन जोडेको थिएन । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई खाता नखोल्दै गुमाएको थियो ।

टियु एण्डबाट आएका तीव्र गतिका बलर बिलाल खानको बलमा कुशल एलबीडब्लू आउट भएका थिए । चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड आउट भए । आसिफले १० र कुशलले ८ बल खेल्दा रन जोड्न सकेनन् ।

 

Share Now

Leave a comment.