कीर्तिपुर(काठमाडौं), ८ वैशाख । नेपालका अलराउन्डर युवा क्रिकेटर कुशल मल्लले एसीसी प्रिमियर कप अन्तरगत ओमानसंग आज भैरहेको खेलमा नेपाललाई सम्मानजनक अवस्थामा ल्याएर आउट भएका छन् ।
४०.४ ओभरमा अकिव लियासको बलमा आउट भएका उनले ६३ बलमा ९ चौका र १० छक्काका मद्दतले १ सय ८ रन जोडेका थिए । आजको खेलमा कुशलको आक्रामक ब्याटिड.ले निरन्तरता पाएपछि ओमानविरुद्धको खेलमा नेपालले लय समातेको हो ।
अहिले नेपालले ४५ ओभरको अन्त्यमा ८ विकेटको क्षतिमा २ सय ५० रन जोडेको छ । कुशल मैदानबाट बाहिरिएपछि ब्याटिड. सम्हालेका सन्दीप लामिछाने १० बलमा ८ रन बनाएर आउट भएका छन् ।
आजको खेलमा टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो भएन ।
अभ्यास खेलमा शीर्ष खेलाडी मैदान नउतारिकन हराएको ओमानको टोली आज शीर्ष खेलाडीमाथि हावी भैरहेको छ । ओपनर कुशल भूर्तेल र आशिफ शेख खाता नखोली आउट भएपछि नेपाल मनोवैज्ञानिक दवावमा थियो । टियु एण्डबाट आएका तीव्र गतिका बलर बिलाल खानको बलमा कुशल एलबीडब्लू आउट भएका थिए । चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड आउट भएका थिए । आसिफले १० र कुशलले ८ बल खेल्दा रन जोड्न सकेनन् ।
दुबै ओपनर खाता नखोल्दै आउट भएपनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । तर तीव्र गतिका बलर फैयज बटको १८ औं ओभरको पहिलो बलमा रोहित लेग साइडमा गाइड गर्न खोजेपनि टप एज लागेर प्वाइन्टमा कश्याप प्रजापतिबाट क्याच आउट भए । रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाए ।
भीम सार्की ३३ रनमा स्टम्पिङ आउट भए । भीम स्पिनर जिशान मकसुदको २१ औं ओभरको तेस्रो बलमा विकेटकिपर अदिल सफिकबाट स्टम्पिङ आउट भए । भीमले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
त्यसपछि ब्याटिड. सम्हालेका आरिफ शेख ४३ बलमा २९ रन बनाएको अवस्थामा जतिन्दर सिंंहबाट आउट भए ।
अहिले त्यसपछि ब्याटिड. सम्हालेका दीपेन्द्रसिंह ऐरी पनि मैदानमा धेरै टिक्न सकेनन् । उनी ७ रनमा आउट भए ।
नेपालको सुरुवात भने निकै खराब गरेको थियो । नेपालले पहिलो रन २८ औं बलमा जोडेको थियो । सुरुवाती २७ बल सम्म नेपालले दुबै ओपनर गुमाउँदा कुनैपनि रन जोडेको थिएन । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई खाता नखोल्दै गुमाएको थियो ।
टियु एण्डबाट आएका तीव्र गतिका बलर बिलाल खानको बलमा कुशल एलबीडब्लू आउट भएका थिए । चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख बोल्ड आउट भए । आसिफले १० र कुशलले ८ बल खेल्दा रन जोड्न सकेनन् ।


















