काठमाडौँ, ८ वैशाख । नेपाली सेनाले ४ हजार ५ सय सैन्य पदका लागि आवेदन माग गरेको छ ।
शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ ।
माग गरिएको मध्ये सैन्य परिवार २ सय २५ , खुल्ला २ हजार ३ सय ५१, महिला ३ सय ९०, आदिवासी जनजाति ६ सय १७, मधेसी ५ सय ४०, दलित २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन् ।
मागिएका पदमा सबै भन्दा धेरै सुर्खेत, कास्कीमा ३५० । ३५० र उदयपुरमा ३०० जना माग भएको छ ।
इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने व्यवस्था गरेको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । फारम जेठ १४ गतेसम्म अन्तिम समय तोकिएको छ । उम्मेदवारका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने नेपाली सेनाले सूचना मार्फत जनाएको छ ।