Prakash Adhikari April 23, 2023

काठमाडौं, १० वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ .८० अङ्कले घटेर १८ ८५ . ६० बिन्दुमा कायम भएको हो ।

आज २ सय ६५ कम्पनीका २७ लाख ३४ हजार ३ सय ७ कित्ता शेयरको खरिदबिक्री हुँदा रू ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक ११ दशमलव शुन्य सात अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

जीवन बीमा समूहको आज उपसूचक एक सय १८ . ७४ अङ्कले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३५ . ९८ अङ्कले घटेको छ । बैँकिङ समूह १६ .७१, वित्त समूह ३२ .३०, जलविद्युत् समूह २७ .९४, लगानी समूह शून्य . ५२ र उत्पादन तथा प्रशोधन समूह १४ . ३९ अङ्कले घटेको छ ।

त्यसैगरी लघुवित्त समूह २९ .0८, म्युर्चुअल फन्ड 0.0१, निर्जीवन बीमा समूह २९. ५४, व्यापार समूह ३१.२३ र अन्य समूह १.९९ अङ्कले घटेको छ ।

आजको कारोबारमा सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्यामा आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको रू ३ करोड ११ लाख ९५ हजार बराबरको एक लाख २० हजार ५ सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

Share Now

Leave a comment.