Prakash Adhikari April 25, 2023

काठमाडौँ, १२ वैशाख (रासस)  । कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १ हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा १ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै सक्रिय सङ्क्रमित ३ सय ९० जना पुगेका छन् । हिजो १ सय १३ जनामा सङ्क्रमण फेला परेको थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २७ जना, सघन उप कक्ष (आइसियु)मा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् ।

यस्तै आज ६४ जना कोरोना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।

शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सीमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो ।

Share Now

Leave a comment.