Prakash Adhikari April 27, 2023

देउखुरी(दाड.), १४ वैशाख ।लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिँदैछ।

मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरे अनुसार आज राजनीतिक दलहरुले दावी पेश गर्न लागेका हुन्।

मुख्यमन्त्री शेरचनले गत मंगलवार सो सूचना जारी गरेर दावी पेश गर्न सूचित गर्नुभएको थियो।

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैको दावी रहदै आएको छ । तर, कसको नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैन।

एक महिना अघि भने दुवै दलले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए। तर दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दावी पेश गर्ने जनाउँदै आएका छन्।

मुख्यमन्त्री गिरीले सोमबार प्रदेशसभामा राखिएको विश्वासको मतको प्रस्तावमा एमालेका २९ र राप्रपाका चार सांसद मात्रै पक्षमा मतदान गरेका थिए।
प्रस्तावको विपक्षमा नेपाली कांग्रेस २७, नेकपा (माओवादी केन्द्र) ११, नागरिक उन्मुक्ति पार्टी चार, जसपा, लोसपा, जनमत तीन । तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक । एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले मतदान गरेका थिए।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरीले सोही दिन प्रदेश प्रमुखलाई भेटेर संविधानको धारा १६८ उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने दाबी गरेका थिए।

तर विपक्षी दलले एक महिनाअघि नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका छन्।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीबार अपराह्न ४ बजेसम्मका लागि दिएको समयावधिमै सरकारको दाबी पेस गर्नेगरी गठबन्धन दलबीच तयारी गरिएको प्रदेशसभामा कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेना बताउँछन्।

गठबन्धन दलबीच सत्ताको भागबण्डाका विषयमा विभिन्न चरणमा छलफल भए पनि अहिलेसम्म टुंगो लागिनसकेको तर सरकारको दाबी पेश गरिसकेपछि छलफल गरेर टुंगोमा पुगिने संकेत प्रमुख सचेतक तिमिल्सेनाले जानकारी दिनुभएको छ।

नयाँ सरकारमा प्रमुख सत्तासाझेदार माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सरकार गठका लागि बिहीबार दाबी प्रस्तुत गरिने गठबन्धनमा रहेका सबै दलबीच सहमति भएको दाबी गर्नुभयो।

उहाँले सत्ता भागबण्डाका बारेमा राजनीतिक सहमति भएको र बाँकी नयाँ सरकार गठन पछि टुङ्ग्याइनेसमेत जानकारी दिनुभएको छ।

नयाँ सरकार गठनका लागि कांग्रेसको नेतृत्वमा जाने करिब निश्चित भएको छ। सत्तागठबन्धन दलका तर्फबाट गत चैत १२ गते कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेश भएको थियो।

 

Share Now

Leave a comment.