काठमाडौं, २० वैशाख । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय स्टेशनमा कार्यरत कार्यालय प्रमुखहरुसँगको सामूहिक समीक्षा बैठक सम्पन्न गरेको छ ।
सोमबार सम्पन्न बैठकमा निगमको दिल्ली,मुम्बई, बैंगलोर, दोहा, दुबाई, रियाद, बैंकक, क्वाललम्पुर, हंगकंग र टोकियो स्टेशनका प्रमुखहरु उपस्थिति रहेको थियो ।
निगमको प्रधान कार्यालयमा सम्पन्न बैठकमा आ.व.२०७९ । ८० को बजेटको समीक्षा र आगामी आ.व.२०८०। ८१ को योजना तथा कार्यक्रमसम्बन्धी छलफल भएको थियो ।
निगमको प्रधान कार्यालयमा आयोजित बैठकको समुद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल र नेपाली सम्झेर सम्पूर्ण कर्मचारीहरुलाई निगमको समग्र उत्थानमा अनुशासित, पारदर्शी एवं सकारात्मक ढङ्गले उच्च मनोवल राखेर कार्य गर्न निर्देशन दिनुभएको थियो ।

त्यसैगरी मन्त्रालयका सचिव सुरेश अधिकारीले निगमलाई आर्थिक रुपले सक्षम बनाउदै प्रतिस्पर्धी र गुणस्तरीय सेवा दिने अग्रणी हवाई सेवाको रुपमा विकसित गर्नुको विकल्प नरहेको बताउनुभयो । यसका लागि हालै गठन भएको सुझाव समितिले निगमलाई सुधारात्मक बाटोमा लैजान सकारात्मक र व्यवसायिक सुझाव दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
निगमको प्रधान कार्यालयमा सम्पन्न बैठकमा आ.व.२०७९ । ८० को बजेटको समीक्षा र आगामी आ.व.२०८०। ८१ को योजना तथा कार्यक्रमसम्बन्धी छलफल भएको थियो ।
बैठकको समुद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल र नेपाली सम्झेर सम्पूर्ण कर्मचारीहरुलाई निगमको समग्र उत्थानमा अनुशासित, पारदर्शी एवं सकारात्मक ढङ्गले उच्च मनोवल राखेर कार्य गर्न निर्देशन दिनुभएको थियो ।
त्यसैगरी मन्त्रालयका सचिव सुरेश अधिकारीले निगमलाई आर्थिक रुपले सक्षम बनाउदै प्रतिस्पर्धी र गुणस्तरीय सेवा दिने अग्रणी हवाई सेवाको रुपमा विकसित गर्नुको विकल्प नरहेको बताउनुभयो । यसका लागि हालै गठन भएको सुझाव समितिले निगमलाई सुधारात्मक बाटोमा लैजान सकारात्मक र व्यवसायिक सुझाव दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
बैठकलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्टेशन प्रमुखहरुलाई सकारात्मक कार्यशैली अपनाउन, ग्राहक सेवामा ध्यान दिन व्यवसायिकता अपनाउन निर्देशन दिनुभयो ।
उहाँले निगमले दण्ड र पुरस्कारको नीति लिएकोले आफ्नो काम, कर्तव्य र निगमको संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

अन्तरक्रियात्मक रुपमा आयोजना गरिएको कार्यक्रममा निगमका विदेशमा रहेका स्टेशन प्रमुखहरुले स्टेशनको सेवा सुधार र संबन्धित मुलुक वा वरपरका क्षेत्रमा गन्तव्य विस्तार र सेवा विस्तारका सम्बन्धमा सुझावहरु दिनुभएको थियो ।
बैठकमा चालु आर्थिक बर्षको ८ महिनामा उत्कृष्ट काम गर्ने स्टेशन म्यानेजरहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
निगमले दिएको जानकारी अनुसार कार्य सम्पादनमा सबैभन्दा बढी आम्दानी गर्ने जापानको टोकियो स्टेशनका प्रमुख तिलकप्रसाद लामिछाने प्रथम, योजना तथा कार्यक्रम प्रस्तुतिमा दोहाका स्टेशन म्यानेजर ज्ञानबहादुर अर्याल,बैंगलोरका स्टेशन प्रमुख रीतादेवी राई,दुबईका स्टेशन प्रमुख अस्मिता सुवेदी क्रमशः प्रथम, द्धितीय र तृतीय हुनुभएको थियो ।