Prakash Adhikari April 9, 2018

विराटनगर(मोरड.)। विराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्रीी स्टार क्लबले जितेको छ ।
सोमबार विराटनगरमा सम्पन्न खेलमा थ्री स्टारले नेपाल आर्मीलाई ३ ०ले पराजित गरेको थियो ।

खेलमा थ्री स्टारमा अनन्त तामाड.ले ५६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

अनन्तको पदचाप पछ्याउदै फरवार्ड बिमल घर्ती मगरले दुई गोल गरेपछि रुस्लान थ्रीस्टार क्लबको विजय सुनिश्चित भएको थियो । विमलले खेलको ७६ मिनेटमा पहिलो र त्यसको १३ मिनेट पछि अर्को गोल गरेका थिए ।

सोमबार बिराटनगरस्थित शहिद मैदानमा सम्पन्न फाइनलमा थ्रीस्टारले विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै सिजनको पाँचौं उपाधि जितेको हो ।

नेपाल, भारत र भुटानका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको बिजेता थ्री स्टारले उपाधिसहत १२ लाख ७१ हजार हात पारेको छ भने उपविजेता नेपाल आर्मीले ५ लाख ५१ हजार प्राँप्त गरेको छ ।

Share Now

Leave a comment.