Prakash Adhikari May 4, 2023

काठमाडौं, २१ बैशाख। नेपाली कांग्रेसको कोटाबाट नियुक्त हुनुभएका तीनजना मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गर्नुभएको थियो।

नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो तीन बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। तीन जनामध्ये स्वास्थ्य मन्त्री बस्नेत यसअघि पनि मन्त्री भइसक्नु भएको छ भने काँग्रेस उपसभापति गुरुङ र नेता लिम्बू पहिलो पटक मन्त्री नियुक्त हुनुभएको हो।

गत पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

Share Now

Leave a comment.