Prakash Adhikari May 4, 2023

भैरहवा(रुपन्देही) , २१ वैशाख  । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रहरी स्रोतका अनुसार, रायमाझीलाई बिहीबार बिहान भैरहवाबाट नियन्त्रणमा लिइएको हो । उहाँलाई विहीबार नै काठमाडौँ लैजाने तयारी भएको छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझीलाई नियन्रत्रणमा लिएकोबारे आफूहरूलाई जानकारी नभएको प्रक्रिया दिनुभएको छ । तर प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परिसक्नुभएको थियो ।

 

उहाँका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधवार साँझ बुटवलबाट पक्राउ गरेको थियो । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधवार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बाबु र छोरालाई पक्राउ गरिएको हो ।

Share Now

Leave a comment.