पोखरा(कास्की), २१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।
गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान गर्दा मुख्यमन्त्री पाण्डेले ३५ सांसदको विश्वासको मत पाउनुभएको हो ।
पाण्डे ३५ सांसदको समर्थनमा बैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
त्यसपछिको अवधिमा पाण्डेले एक मत बढाउन पनि सक्नुभएन र घटन पनि दिनुभएन । उहाँलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मत दिनुभएको हो ।
उहाँको विपक्षमा एमालेका २२ सांसदको मत परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद भने तटस्थ बसेका थिए ।


















