भारतको उडिसा राज्यमा एउटा यात्रुवाहक रेलका २२ वटा डिब्बाहरू इन्जिनबाट छुट्टिएर १५ किलोमिटर पछाडि कुदेको बताइएको छ।
ती डिब्बामा एक हजार जना यात्रु सवार थिए। उनीहरू सबै सुरक्षित छन्।
शनिवार राति सो घटना भएपछि चालकसहित रेलवे सेवाका सात जना कर्मचारी निलम्बनमा परेका छन्।
अहमदाबाद-पुरी एक्सप्रेसका ती डिब्बाहरूलाई रोक्न रेलवेका कर्मचारीहरूले पटरीमा ढुङ्गा थुपारेका थिए।
अनुसन्धान
भयानक दुर्घटना हुन पनि सक्थ्यो। तर सतर्क कर्मचारीहरूले त्यसो हुन दिएनन्
राति १० बजेतिर इन्जिनबाट छुट्टिएको रेललाई झन्डै दुई घण्टापछि रोकिएको थियो।
भारतमा दैनिक दुई करोड बीस लाख मानिसहरूले रेल प्रयोग गर्छन्। उनीहरूलाई सेवा उपलब्ध गराउन त्यहाँ झन्डै नौ हजार रेलहरू चल्छन्।
मोबाइलबाट खिचिएको एउटा भिडिओमा रेलका डिब्बाहरू एउटा प्लेटफर्म हुँदै पछि कुद्दा प्रत्यक्षदर्शीहरू चिच्याएको देखिन्छ।
उल्टो कुदेको रेल
इस्ट कोस्ट रेलवेका अधिकारी ज्योति प्रकाश मिश्राका अनुसार निलम्बित कर्मचारीहरूले आवश्यक प्रक्रिया पूरा नगरेका र हेल्चेक्र्याइँ गरेकाले सो घटना भएको हो।
यसबारे सुरु भइसकेको उनले बताए।
डिब्बा छुट्याउँदा ब्रेक उपयुक्त ढङ्गमा प्रयोग नभएको वा त्यसबारे विचार नगरिएको अधिकारीहरूले बताएका छन्।
“भयानक दुर्घटना हुन पनि सक्थ्यो। तर सतर्क कर्मचारीहरूले त्यसो हुन दिएनन्,” मिश्राले भने।
पुराना घटना
भारतमा त्यस्ता घटना पहिला पनि भएका छन्।
दैनिक दुई करोड बीस लाख यात्रुले प्रयोग गर्ने भए पनि अधिकांश रेलहरू पुराना छन्।
गत नोभेम्बरमा यात्रा गरिरहेका किसानहरूको एउटा समूहले आफू ब्युँझिदा आफू चढेको रेल उल्टो दिशातिर १६० किलोमिटरको गतिमा कुदिरहेको चाल पाएका थिए।
गत अगस्ट महिनामा उत्तर प्रदेशमा एउटा रेल पटरीबाट बाहिर निस्किँदा कम्तीमा २३ जनाको मृत्यु भएको थियो।