Prakash Adhikari May 8, 2023

काठमाडौं, २५ वैशाख । आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानन्यायधीश नियुक्तिलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्नेछ।

उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाइएको हो। उनका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाकाो पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद सबन्धी (संशाेधन) विधेयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो।

संबैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुँदा थप गरेर विधेयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो।

प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसूचीमा समावेश गरिसकेको सो विधेयक अन्तिममा फिर्ता लिइएको थियो। एमालेले संसदीय सुनवाईको पूर्णता पछि मात्रै सो विधेयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ।

 

Share Now

Leave a comment.