Prakash Adhikari April 10, 2018

काठमाडौं, २७ चैत्र । साना किसानका सन्ततिले इजरायल गएर आधुनिक कृषि प्रणाली सिक्ने र कमाउने मौका पाउने भएका छन् ।
इजरायली राजदूतावास र साना किसान बिकास बैंकको सहकार्यमा यस बर्ष ५ सय ४० जना युवालाई रोजगारीको लागि इजरायल पठाउने तयारी भएको छ ।

१० महिने कृषि तालिमका लागि ५० जिल्लाबाट साना किसानमा आवद्ध रहेका किसानका छोराछोरीलाई इजरायलमा पठाउन लागिएको हो ।

साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शिवराम प्रसाद कोइरालाका अनुसार काठमाडौं उपत्यकाबाट १ सय जना युवाले यस्तो अबसर पाउने छन् । बाँकी उपत्यका बाहिरकाले पाउने छन् । इच्छुक आवेदक मध्येबाट गोला प्रथाबाट प्रशिक्षार्थी चयन गरिनेछ ।
उपत्यकामा सोमबार गोलाप्रथाबाट प्रशिक्षार्थी छनोट गरिएको छ ।

यस्तै मंगलबार झापाको दमकमा २० जिल्लाका युवा भेलागरी गोलाप्रथाबाटै छनोट गरिनेछ । त्यसपछि धादिङ र नुवाकोट लगायतका जिल्लाका प्रशिक्षार्थीहरुका लागि छुट्टै गोलाप्रथा गरिनेछ ।

उपत्यकाबाट २२ बर्षदेखि ३० बर्षसम्मका युवा र उपत्यका बाहिरका २२ देखि २८ बर्षसम्मका युवालाई इजरायल पठाउन लागिएको हो । तालिमका लागि इजरायल जान न्युनतम प्लस टु उत्र्तीण र कृषि पेशामा आवद्ध हुनुपर्ने छ ।

यस बर्षको तालिम सफल भएमा अर्को बर्ष थप १ हजार जनालाई तालिममा पठाउन पहल गरिने पनि कार्की बताउछन् ।

गत बर्ष कृषि मन्त्रालयले इजरायलमा तालिम लिएर फर्केका युवालाई आत्मनिर्भर बनाउनका लागि जनही १ लाख रुपैयाँ अनुदान दिएको थियो ।

इजरायलमा २ प्रतिशत मानिसहरु मात्र कृषिमा आवद्ध भए पनि उनीहरुले यूरोपियन मुलुक तथा अमेरिकामा समेत तरकारी निर्यात गर्दछन् ।

नेपालमा भने ६६ प्रतिशत जनशक्ति कृषिमा आबद्ध भएपनि प्राय सबैजसो खाद्यान्न, तरकारी,फलफूल,दुग्घ र मासुजन्य पदार्थ आयात गर्नुपरेको छ । आयातको आयतन बर्षेनी बढिरहेको छ ।

Share Now

Leave a comment.