काठमाडौं,२८ वैशाख । नेपाल औषधी लिमिटेडका अध्यक्ष यक्षप्रसाद न्यौपानै भारतको मुम्बईमा आयोजित एक लगानी सम्बन्धी कार्यक्रममा सहभागी भई फर्कनुभएकोे छ ।
इण्डियन चेम्बर्स अफ कमर्शका अध्यक्ष सुनिल जोडेको निमन्त्रणामा जानुभएका न्यौपानेले सो अवसरमा भारतका उद्योगी र व्यापारीहरुसंग नेपालमा लगानीका अवसरका बारेमा अवगत गराउदै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।
मुम्बई भ्रमणका अवसरमा महाराष्ट्रका गभर्नर रमेश व्यासलाई भेटेर उहाँले नेपालमा लगानीका अवसर र नेपाल भारत जनस्तरको सम्बन्धका बारेमा अवगत गराउनुभएको थियो ।
नेपाल भारतीय लगानीकर्ताहरुको लागि लगानीको उपयुक्त थलो भएको बताउदै जलविद्युत, उत्पादनमूलक उद्योग र सेवामूलक उद्योग सबैमा लगानीको प्रचूर संभावना रहेकोले नेपाल आएर लगानीका क्षेत्र पहिचान गर्न पनि उहाँले गभर्नर ब्यासलाई अनुरोध गर्नुभएको थियो ।
नेपाली कांग्रेसमा आबद्ध अध्यक्ष न्यौपाने नेपाल भारत जनस्तरको सम्बन्ध सुधार गर्न निजी क्षेत्रको दोस्रो मार्ग(ट्रायक टू) मार्फत क्रियाशील हुनुहुन्छ ।