Prakash Adhikari May 13, 2023

ढाका(बंगलादेश), ३० वैशाख । बंगलादेशको राजधानी ढाकामा रहेका परराष्ट्रमन्त्री एनपी साउदले आज (शनिबार) जापानका विदेश मामिलाका संसदीय उपमन्त्री ताकागी केईसँग भेट गर्नुभएको छ।

ढाकामा जारी छैटौं हिन्द महासागर सम्मेलन २०२३ मा सहभागी हुने क्रममा मन्त्री साउद र उपमन्त्री केईबीच भेटवार्ता भएको हो।

 

भेटका क्रममा द्विपक्षीय विकास सहयोग, व्यापार, पर्यटन र अन्य सान्दर्भिक विषयमा सुधार गर्ने रणनीति कार्यान्वयन गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.