Prakash Adhikari May 19, 2023

देउखुरी(दाङ), ५ जेठ । दाङको देउखुरीमा दुईवटा बस जुध्दा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार हुनुहुन्छ ।

दुर्घटनामा शोभाका दुई छोरासहित २३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनुभएको छ ।

दुर्घटना बिहान करिब ७ बजेको समयमा भएको हो ।

डिएसपी गौतमका अनुसार घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।

Share Now

Leave a comment.