Prakash Adhikari May 22, 2023

काठमाडौं, ८ जेठ । तामाकोशी पाँचौँ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ।

दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावटको आयोजनामाआज ऋण सम्झौता भएको हो।

कर्मचारी सञ्चय कोषले लगानी गर्ने गरी ऋण सम्झौता गरेको छ। कोषले १३ अर्ब ७५ करोड रूपैयाँ ऋण लगानी गर्ने भएको छ।

आयोजना निर्माणका लागि लगानी जुटाउन आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रीपक्षीय सम्झौता भएको छ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

तामाकोसी पाँचका लागि २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ। जुन निर्माण अवधिको ब्याजसहित हो। नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी निर्माण गरी निर्माण गर्न आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्वटी) रहने छ।

स्वपुँजीमध्ये विद्युत प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण समूहको ३२ प्रतिशत लगानी रहने बताइएको छ।

 

Share Now

Leave a comment.