Prakash Adhikari May 22, 2023

काठमाडौं, ८ जेठ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता सम्पन्न भएको छ ।

आज राजधानीको होटल र्याडिसनमा दुवै बैंकका सञ्चालकबीच बैकहरु बराबरी हैसियतमा गाभिने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

संझौतामा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ.बच्छराज तातेडले हस्ताक्षर गर्नुभएको छ।

सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डीडीए) प्रतिवेदन आएपछि दुवै बराबरी हैसियतमा गाभिने सम्झौता भएको हो।

अब दुवै बैंकले विशेष साधारणसभा डाकेर मर्जर प्रस्ताव पारित गर्ने छन्।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने समझदारी भएको छ। सञ्चालक समितिमा लक्ष्मीबाट तीन र सनराइजबाट अर्को तीनजना प्रतिनिधित्व हुने पनि समझदारी भएको। एक जना स्वतन्त्र सञ्चालक लक्ष्मी बैंक पक्षले नियुक्त गर्ने छ।

बैंकले कर्मचारी मिलानका लागि स्वेच्छिक अवकाश योजना पनि ल्याउने छ।

सञ्चालक समितिमा सनराइज बैंक पक्षबाट मोतिलाल दुगड, मालचन्द दुगड र बच्छराज तातेड रहनुहुने छ भने लक्ष्मी बैंकबाट रमण नेपाल, स्वाति रुगटा र मनिष थापा बस्नुहुने छ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा एकीकृत कारोबारको मिति तयपछि बाहिरिनु हुनेछ।

Share Now

Leave a comment.