काठमाडौं, १० जेठ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उहाँहरूले शपथ लिनुभएको हो ।
मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथग्रहण गराउनुभएको थियो।
प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपतिले जनता समाजवादी पार्टीका नेताहरू महतो र कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।


















