Prakash Adhikari May 26, 2023

काठमाडौं १२ जेठ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत हुनुभएको छ।

उहाँलाई सभापति शेरबहादुर देउवाले शुक्रबार प्रचार विभाग प्रमुख मनोनीत गर्नुभएको हो ।

सामान्यतः प्रचार विभाग प्रमुखलाई नै प्रवक्ता बनाउने प्रचलन नेपाली कांग्रेसमा रहदै आएको छ । तर समाचारमा आए अनुसार अर्थमन्त्री रहनुभएका डा. प्रकाशशरण महतले प्रवक्ताको पद छोड्नुपर्ने अवस्था नरहेको भनेपछि सभापति देउवाले विश्वकर्मालाई विभाग प्रमुखको जिम्मेवारी दिनुभएको हो ।

Share Now

Leave a comment.