Prakash Adhikari May 27, 2023

 

वीरेन्द्रनगर(सुर्खेत),१३ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ।

कर्णाली प्रदेशको राजधानी तथा सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि पूर्वराजा ज्ञानेन्द्र अपरान्ह आउने कार्यक्रम रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

उहाँका अनुसार पूर्वराजा शाहसहित पूर्वमहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनुहुने छ।

अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.