Prakash Adhikari June 1, 2023

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सुरुमा नै विवादित बनेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री दाहालसंग हिजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको थियो ।

खासमा नेपालका प्रधानमन्त्रीसंग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार दोभलले गर्नुभएको औपचारिक भेटमा त्यहाँका विदेशमन्त्री नोटप्याडसहित उपस्थित हुनु तर नेपालका प्रधानमन्त्रीले आफ्नी स्वकीय सचिव सुपुत्री गंगा दाहाललाई राखेकोमा सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

अन्तर्राष्ट्रिय कुटनीतिका जानकार तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतमले यसमा तिखो टिप्पणी गर्नुभएको छ ।

अन्यले पनि यस विषयलाई आलोचना गरेका छन् ।

https://twitter.com/uttamjp/status/1664072705367482368

गोर्खा भर्तिको अग्निपथ योजना : बिर्सेको एजेण्डा

हुन त नेपालका सबै कम्युनिष्टले स्थापनाकाल देखि नै गोर्खा भर्तिकेन्द्र बन्द गर्ने आवाज उठाउदै आएका हुन् । तर नेपालमा रोजगारी सिर्जना नै नभएकोले तल्लोस्तरको श्रमका लागि पनि भारत, मलेसिया,खाडी मुलुक,कोरिया,जापान र विभिन्न देशमा धाउनु पर्ने अवस्था सिर्जना भएको नेपालमा अझै पनि बेलायत र भारतीय सेनामा भर्ति हुने सुविधालाई स्तरीय रोजगारीका रुपमा आमनागरिकले लिंदै आएका छन् ।

India mulling over 'redistributing' vacancies of Nepali Gorkha soldiers to other army units after Nepal's opposition to Agnipath scheme - myRepublica - The New York Times Partner, Latest news of Nepal in

यसैबीच भारतले २०२२ को जुनमा भारतका स्थल,जल र हवाई तीनै थरी सेनामा दीर्घकालीन सैन्य भर्ना नलिने सुरुमा ४ बर्षको लागि लिने र त्यसको २५ प्रतिशतलाई मात्र त्यसपछि निरन्तरता दिने अग्निपथ योजना सार्वजनिक गरेर सोही अनुरुप भर्ना लिन थालेको थियो ।

यसले भारतीय सेनामा सेवा गरेर पेन्सन लिई जीवन सुविधासंग यापन गर्ने चाहना भएकाहरुमा ठूलो असन्तुष्टि ल्याएको थियो ।

सो समयमा नेपालले निर्वाचनको कारण देखाउदै यस विषयमा कुनै प्रतिक्रिया जनाएको थिएन । यो स्किम अनुसार भारतले आफ्नो सेनामा नयाँ भर्ति गरिरहेको छ ।

गोर्खा भूतपूर्व सैनिकहरुले यो व्यवस्थाले सैन्य सेवा गर्न चाहनेहरुको शोषण भएको बताउदै आएका छन् । भारतीय सेनामा अझै ७ रेजिमेण्टका ४९ बटालियनमा ४० हजार भन्दाबढी गोर्खा सैनिक जवान रहेका छन् ।

Share Now

Leave a comment.