किएभ(युक्रेन), २४ जेठ । काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट क्षतिग्रस्त भएको छ । दक्षिणी युक्रेनमा मस्को स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्वजनिक टिप्पणी गरेका हुन् ।
नोभा काखोभका शहरको मस्को समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि ूकाखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमणू भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको तथा त्यसबाट पानीको अनियन्त्रित प्रवाह भइरहेको जनाउनुभएको छ ।
८० शहरका मानिस प्रभावित
दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन् । यसबाट ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ ।
निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ ।
८० हजार मानिसलाई त सुरक्षित स्थानमा सारिएको छ । यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन् ।
बाढी र डुबानबाट प्रभावितहरुलाई खेरसानसँग जोडिएको मिकोलाइब भन्ने स्थानमा अस्थायी शिविर बनाएर राखिएको छ । प्रभावितहरुका लागि खाना, कपडा र औषधिको व्यवस्था गर्ने काम भइरहेको छ ।

रुसलाई दोष
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बाँध भत्किनुमा रुसलाई दोष दिनुभएको छ । रुसले जानीजानी बाँधमा बम आक्रमण गरेर भत्काइदिएको रुसमाथि आरोप छ ।
रुसले आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ र युक्रेनकै गोलीबारीका कारण बाँध भत्किएको भनेको छ ।
यो बाँध भएको क्षेत्र रुसले नियन्त्रणमा लिएको थियो । यो दक्षिणी युक्रेनका भूभागको तटीय क्षेत्रमा पानी आपूर्तिको महत्वपूर्ण च्यानल मानिन्छ । यसबाट किसानहरुलाई सिँचाइ तथा खानेपानीको सुविधा पुर्याइएको थियो । जोपोरिचास्थित आणविक ऊर्जा संयन्त्रमा पनि पानी आपूर्ति पुर्याइएको थियो ।
निप्रो नदीबाट विभिन्न जलविद्युत आयोजनाबाट बिजुली निकालिएको छ । बाँध भत्किएपछि ती जलविद्युत आयोजनामा पनि पानी घटेर बिजुली उत्पादन प्रभावित हुनसक्ने अधिकारीहरुले बताएका छन् ।
युद्धको क्रूरताः नेटो प्रमुख
नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन ९आक्रमण० भएकामा निन्दा गर्नुभएको छ । यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रूपरूपको उजागर गरेको उहाँको टिप्पणी छ ।
“काखोभका बाँधको विनाशले आज हजारौँ नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुर्योएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रूरतालाई फेरि एक पटक छताछुल्ल पारेको छ,” स्टोलटेनबर्गले ट्विटरमा उल्लेख गर्नु भएको छ ।


















