काठमाडौं, ३२ जेठ । कोरोना महामारीका कारण रोकिएको एसीसी यु १६ यस बर्षदेखि नियमित रुपमा सुरु हुने भएको छ ।
यस बर्षको यु १६ खेल मलेसियाले आयोजना गर्ने भएको छ ।
एसीसीले जनाए अनुसार खेल जुन २४ देखि जुलाई ४ सम्म हुने छ ।
प्रतियोगितामा राष्ट्रले भाग लिने जनाइएको छ ।
एसीसी मेन्स यु १६ इष्ट जोन प्रतियोगितामा नेपाल,सिंगापुर,मलेशिया,हंगकंग,थाइलैण्ड,इण्डोनेशिया र मालद्धिभ्सले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सन २०१९ को विजेता नेपाल समूह एमा परेको छ । नेपालको समूहमा मलेशिया र थाइलैण्ड छन् । समूह बीमा सिंगापुर,हंगकंग, इण्डोनेशिया र माल्द्धिभ्स् छन् ।
जुन २६ मा सिंगापुर र माल्द्धिभ्स तथा हंगकंग र इण्डोनेशियाबीच खेल हुने छ ।
जुन २७ मा मलेशिया र थाइलैण्ड तथा इण्डोनेशिया र सिंगापुरबीच खेल हुने छ ।
जुन २८ मा माल्दिभ्स र हंगकंग तथा थाइलैण्ड र नेपालबीच खेल हुनेछ ।
जुन २९ मा इण्डोनेशिया र माल्दिभ्सबीच खेल हुने छ ।
जुन ३० मा नेपाल र मलेशिया तथा सिंगापुर र हंगकंगबीच खेल हुने छ ।
सन २०१९ मा थाइलैण्डमा भएको एसीसी यु १६ इष्टर्न रिजन टुर्नामेण्टको फाइनल खेलमा नेपालले मलेशियालाई पराजित गरी उपाधी जितेको थियो । २०१९ को उपाधि विजेता नेपाल यसपटक पनि उपाधि जित्ने लक्ष्यमा छ ।
नेपाली यु १६ टोली अहिले देशमै बन्द शिविरमा प्रशिक्षणमा रहेको छ ।