-अरुणोदय मुखर्जी (माण्डवीमा) र मेरिल सेबास्टियन (कोचीमा)
१ आषाढ (बीबीसी न्यूज) । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी विपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको तट नजिक आँधी पुगेको अधिकारीहरूले बताएका छन्।
बिहीवार साँझ भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको आँधीले पुर्याएको क्षतिका विवरणहरू अझै आउन बाँकी छ।
आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोट लगायत धेरै जिल्लामा भारी वर्षा र तीव्र गतिमा हावा चलिरहेको विवरण आएका छन्।
मुम्बैका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ।
पाकिस्तानको सिन्ध प्रान्त स्थित केटी बन्धरमा हावाको गति १०० देखि १२० किलोमिटर प्रतिघण्टा मापन गरिएको मौसमविद्हरूले बताएका छन्। त्यहाँ नजिक पुगेपछि आँधीको गति कम भएको त्यहाँको मौसम विभागले जनाएको छ।
पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ।
घना बस्ती भएको क्षेत्रमा फैलिँदै छ समुद्री आँधी
भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको छ। अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
समुद्री आँधी जमिनमा बज्रिनुभन्दा अगाडि नै त्यसको मार्गमा पर्ने भारत तथा पाकिस्तानका विभिन्न स्थानबाट १ लाख ७० हजार जनाभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
बाङ्ग्ला भाषामा बिपरजोयको अर्थ प्रकोप भन्ने हुन्छ। मौसमविद्हरूले उक्त समुद्री आँधी अगाडि बढ्दा त्यसले आफ्नो बाटोमा पर्ने खेती र भवनहरूमा क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन्।
अरब सागर पार गर्दै आएको उक्त आँधीका कारण गुजरातको तटीय क्षेत्रमा ठूलो पानी परेको, निकै ठूला छाल आएको र समुद्र अशान्त भएको त्यहाँबाट प्राप्त भिडिओमा देखिन्छ।
गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको भए पनि त्यसलाई उहाँले निकै खतरनाक भन्नुभएको छ।
भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको छ।
राज्यका स्वास्थ्यमन्त्री ऋषीकेश पटेलले मानिसहरूलाई यात्रा नगर्न तथा उनीहरू जहाँ छन् त्यहीँ बस्न आग्रह गर्नुभएको छ। “कोही हताहत नहोऊन् भन्ने हाम्रो उदेश्य हो”, उहँले भन्नुभयो।
पाकिस्तानमा यसअघि नै देशको दक्षिणपूर्वी तटबाट ८१ हजार मानिसलाई स्थानान्तरण गरिएको छ। त्यस्तै विद्यालयहरूमा ७५ वटा राहत शिविर बनाइएको छ।
पाकिस्तानका जलवायु परिवर्तन मामिला हेर्ने मन्त्री शेरी रहमानका अनुसार दुई करोडभन्दा बढी जनसङ्ख्या भएको प्रान्तको सबैभन्दा ठूलो सहर कराची तत्काल खतरामा छैन। तर त्यहाँ आपत्कालीन उपायहरू अपनाइएको छ।
अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
तटीय गुजरातका धेरै भागहरूमा बुधवारदेखि ठूलो वर्षा भइरहेको छ र तीव्र गतिमा हावाहुरी चलेको छ।
भारतमा ठूलो वर्षाका कारण यो साता कम्तीमा सात जनाको मृत्यु भइसकेको छ।
एएफपी समाचारसंस्थाका अनुसार मृत्यु हुनेमा पर्खाल भत्किएर थिचिएका दुई बालबालिका र रूख ढलेर लागेको मोटरसाइकलमा सवार एक महिला पनि छन्।
विभिन्न प्रतिबन्ध र रोक
समुद्री आँधी गुजरातको माण्डवी र पाकिस्तानको कराची बीचको जकाहु बन्दरगाहनजिकै पुग्ने अनुमान छ।
बिहीवार बिहान माण्डवीमा पनि तीव्र गतिमा हावाहुरी चलेको थियो भने समुद्रमा ठूला छालहरू उठेका थिए।
जकाहु बन्दरगाहमा सामान्यतया माछा मार्ने मानिसहरूको गतिविधि देखिन्छ। अहिले समुद्री तटनजिकै रहेका सबै गाउँबाट मानिसहरूलाई अन्यत्र लगिएको छ। ती ठाउँहरू अहिले सुनसान छन्।
गुजरात राज्यका अधिकारीहरूले तटीय क्षेत्रबाट ९४ हजार जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
गुजरात क्षेत्रमा रेलसेवा बन्द भएको छ भने भारतका ठूला बन्दरगाहमध्ये दुई कान्डला र मुन्द्रा सञ्चालनमा रोक लगाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
गुजरातको तट%A


















