Prakash Adhikari July 20, 2023

काठमाडौं, ४ श्रावण। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० रुपैयाँको दरमा फर्दर पब्लिक अफरिड. (एफपीओ) जारी गर्ने भएको छ।

कम्पनीले ४६ हजार ७ सय ३० कित्ता शेयर जारी गर्ने भएको हो। सेयर निष्काशन गर्न कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सम्झौता—पत्रमा सूर्योदय वोमीका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ।

सूर्योदय वोमीको अधिकृत पूँजी एक अर्ब रुपैयाँ छ। चुक्ता पुँजी ९१ करोड ५४ लाख रुपैयाँ छ। संस्थाले १ लाख ७१ हजारभन्दा बढी सदस्यहरुलाई सेवा दिँदै आएको छ।

यस लघुवित्त कम्पनीको १ सय ९२ वटा शाखा कार्यालयहरु छन्।

Share Now

Leave a comment.