Prakash Adhikari August 28, 2023

काठमाडौँ, ११ भदौ : प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा बालकृष्ण साहद्वारा लिखित गैरआख्यान कृति ‘गर्भको गर्व’ को लोकार्पण भएको छ ।

आज काठमाडौँस्थित नेपाल चिकित्सक सङ्घको सभाहलमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्रकुमार बस्नेत, लेखक डा साह, नारी मासिककी सम्पादक उपासना घिमिरे, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्की, महासचिव डा सजीव तिवारी, पूर्वअध्यक्ष डा लोचन कार्की, गर्भवती महिला भावना प्रधान न्यौपानेले संयुक्तरूपमा उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो ।

कथामा उल्लेख गरिएका कतिपय पात्र र प्रसङ्ग वास्तविक घटनामा आधारित छन् । साहित्यपोस्टले प्रकाशन गरेको यो सिर्जनात्मक पुस्तकमा नौ वटा कथा समेटिएका छन् । ती कथा महिलाले गर्भावस्थामा भोग्नुपर्ने विविध जटिलतामा आधारित छन् । डा साहले लोकार्पण समारोहमा आफूले देखेका, भोगेका कुराबाट नै यी कथा तयार भएको बताउनुभयो । समारोहमा वक्ताहरूले कृतिका बारेमा प्रकाश पार्नुभएको थियो ।
–––

Share Now

Leave a comment.