Prakash Adhikari August 30, 2023
मुल्तान(पाकिस्तान), १३ भाद्र  । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसंग प्रतिस्पर्धामा उत्रेको नेपालले २ विकेट लिएको छ ।
मुल्तान रंगशालामा सुरु भएको खेलमा नेपालले टस हारेर फिल्डिड.मा परेको थियो । टस जितेको पाकिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
खेलमा नेपाली खेलाडीहरु उच्च मनोबलको साथ खेलिरहेका छन् ।
खेलमा नेपालका खेलाडी करन केसीले पाकिस्तानको पहिलो विकेट लिए । उनले फालेको बल हिर्काएका पाकिस्तानका ओपनर फकर जमालको बल आरिफ शेखले क्याच गर्दा जमाल २० बलमा १४ रन बनाएको अवस्थामा मैदान बाहिर जान विवस भएका थिए ।
दोस्रो विकेट नेपालका कप्तान रोहितले रन आउट बाट दिलाएका थिए ।
सोमपाल कामीको बललाई इमाम उल हकले गरेको प्रहार रोक्दै क्याप्टेन रोहितले हकलाई रन आउट गराएका थिए ।
सायद ‎1 व्यक्ति, बास्केटबल खेल्दै  र ‎'‎ASIA CUP يكسان CAN MATCHDAYO1 VS CAN PCB WRKET! NEPAL Imam- ul-Haq 5(14) b Sompal Kami run out Rohit P paK 25-2 6.1 POWERED BY: makura CREATIONS PRESENTED BY: GME REMIT TANCE #ASIACUP #ACC #WECAN‎' भन्ने पाठ‎‎ को फोटो हुनसक्छ
अहिले खेल १५ औं ओभरको अन्त्यमा  पुगेको छ । पाकिस्तानले २ विकेटको क्षतिमा ७२ रन जोडेको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्नेछ ।
नेपालले पहिलो पटक विश्व क्रिकेट वरियताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो ।
पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् ।
नेपाली टोलीमा भने कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
Share Now

Leave a comment.