Prakash Adhikari August 30, 2023
काठमाडौँ, १३ भदौ : एसिया कप क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमाएको छ । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका छन् ।
यसअघि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन बनाए । उनलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् ।
सायद ‎1 व्यक्ति  र ‎'‎ASIA CUP پکسان CAN MATCHDAYO1 VS PCB CAN WIC KET! Mohammad Rizwan 44(50) b Sandeep L. run out DS Airee paK 111-3 23.4 POWERED BY: makura CREATIONS PRESENTED BY: GME REMIT TANCE #ASIACUP #ACC #WECAN‎' भन्ने पाठ‎‎ को फोटो हुनसक्छ
आज नेपालले खेलको प्रारम्भमै राम्रो सुरुआत गरेको थियो । पाकिस्तानविरुद्धको उद्घाटन खेलमा नेपालले सुरुआतमै दुई विकेट हात पारेको थियो । नेपालका लागि पहिलो विकेट करण केसीले लिए । उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिएका थिए । त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो । जमानले २० बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए ।
पाकिस्तानले लगत्तै इमाम उल हकका रूपमा दोस्रो विकेट गुमाएको थियो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान रोहितकुमार पौडेलले रनआउट गरे । हकले १४ बल खेल्दै एक चौका हिर्काएर मात्र पाँच रन बनाए । त्यतिबेला पाकिस्तानको कूल स्कोर २५ रन मात्र थियो ।
मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ रोजेको थियो । आरिफ शेखले पाँचौँ ओभरको पाँचौँ बलमा इमाम उल हकको क्याच छोडेका थिए । केहीबेर अघिसम्म पाकिस्तानले ३२ दशमलव चार ओभरको खेल सकिँदा चार विकेटको क्षतिमा एक सय ५६ रन बनाएको छ । नेपालका लागि करण केसी र सन्दिप लामिछानेले एक/एक विकेट लिएका छन् ।
Share Now

Leave a comment.