Prakash Adhikari September 2, 2023

नयाँदिल्ली(भारत), १६ भाद्र(बीबीसी) ।चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको एक सातापछि नै भारत सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पठाउनका निम्ति तयार छ।

भारतको योजना अन्तरिक्षमा आधारित एउटा वेधशाला त्यता प्रक्षेपण गर्नु रहेको छ जस्ले पृथ्वीको सबैभन्दा नजिकको तारा पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्न सकोस्। त्यस्तो प्रकारको भारतको पहिलो अन्तरिक्ष अभियानले नजिकबाट सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ।

सूर्यको अध्ययन गर्ने त्यो नितान्त पहिलो अन्तरिक्ष अभियान भने होइन , नासा र युरोपेली अन्तरिक्ष एजेन्सी(इएसए) ले त्यस्तो उद्देश्यका साथ पहिले नै सूर्यको परिक्रमा गर्ने यान पठाइसकेका छन्। तर भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि छन्।

PSLV-C57/Aditya-L1 Mission

आदित्य एल वान (१) मिसन

आदित्यको अर्थ संस्कृतमा सूर्य हो। सबै योजना अनुसार नै भएमा उक्त अन्तरिक्ष यान शनिवार सेप्टेम्बर दुई तारिखमा स्थानीय समय अनुसार विहानको ११ः५० मा प्रक्षेपण गरिनेछ। भारतको चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित देशको अन्तरिक्ष यान प्रक्षेपणस्थबाट उक्त यानलाई अन्तरिक्षमा पठाइनेछ।

भारतीय अन्तरिक्ष निकायले सार्वजनिक गरेका तस्बिरहरूमा प्रक्षेपण केन्द्रको ुलन्च प्याडु मा अन्तरिक्षमा परिक्रमा गर्ने यान बोकेको रकेट पूर्ण रूपमा तयार अवस्थामा देखिन्छ।

सूर्यसम्म पुग्न यसलाई कति समय लाग्छ ?

अन्तरिक्षमा पठाइने यान खासमा हाम्रो सबैभन्दा नजिकको तारा, सूर्य, मा पुग्ने होइन।

त्यसको गन्तव्य पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको स्थान हो। त्यो भनेको पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा करिब चार गुणाले बढी दूरी हो।

तर त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ १ प्रतिशत मात्रै हो। सूर्य पृथ्वीबाट १५.१ करोड किलोमिटर टाढा छ।

नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक हप्ताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको विन्दूसम्म पुग्नेछ।

आदित्य एल1 मिशन का पथ

आदित्य एल1 मिशन का पथ

आदित्यएल वान (१) लाई आफ्नो गन्तव्यमा पुग्न केही समय लाग्नेछ।

“प्रक्षेपण गरिएदेखि लाग्राञ्ज विन्दू एल वान (१) भनिने अन्तरिक्षको स्थानसम्म पुग्नका लागि आदित्य एल वान (१)लाई करिब चार महिना लाग्नेछ”, भारतको अन्तरिक्ष अनुसन्धान अर्गनाइजेसन (इसरो) ले एक्स (पहिलेको ट्वीटर)मा लेखेको छ।

यदि सूर्यबाट अझै पनि त्यति टाढाको स्थानमा उक्त यान रहने हो भने त्यसका लागि यति धेरै प्रयास किन गर्नुपर्‍यो ?

लैगरेंज प्वाइंट

आदित्य एल वान (१) अन्तरिक्षयान सूर्यलाई निरन्तर रूपमा स्पष्ट देखिने स्थानमा अन्तरिक्षयान बस्ने ठानिएको छ

लाग्राञ्ज विन्दू भनेको के हो ?

आदित्य एल वान (१) को नाममा उल्लेख भएको ीज्ञ ले लाग्राञ्ज पोइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरुत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ। त्यस्तो सन्तुलित गुरुत्वाकर्ण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ।

त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ- लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८ औँ शताब्दीमा पहिलो पटक त्यसबारे अध्ययन गरेका थिए।

आदित्य-एल1 की स्थिति

आदित्य एल वान (१) मिसनका उद्देश्यहरू के के हुन् ?

भारतीय अन्तरिक्ष यानले जम्मा सात वटा भारीहरू ुपे लोडु बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ। र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ।

 

यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ। सौर्य आँधीको प्रकृयाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ्विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन्।

एक पटक यसको कक्षमा स्थापित भैसकेपछि यो अन्तरिक्ष वेधशालाले सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ।

इसरोले भनेको छ, “यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ।”

यसले वायुमण्डलबाट छानिएर आउने हुनाले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएशन अर्थात् विकिरणको अध्ययन गर्न पनि सघाउने छ।

यसको विशेष अन्तरिक्ष अवस्थितिका कारण यो यानमा रहने चारवटा पे लोड हरूले सूर्यलाई सिधा अवलोकन गर्नेछन्। बाँकी तीन वटा पेलोड्सले चाहिँ लाग्राञ्ज विन्दू  एल वान (१) मा रहेका कणहरू र प्रभाव क्षेत्रहरूको अध्ययन यानमा नै रहेर अध्ययन गर्नेछन्। त्यसबाट विभिन्न ग्रहहरूबीचका अन्तरिक्षमा रहेका स्थानहरूमा सौर्य गतिविधिका प्रभावहरूबारे महत्त्वपूर्ण जानकारीहरू प्राप्त हुनेछन्।

इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्शन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रकृयाहरूबारे महत्त्वपूर्ण जरूरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ।

आदित्य एल1

आदित्य एल वान (१) मिसनको लागत कति ?

भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो। यसको लागत करिब ४ करोड ६० लाख डलर लागेको जनाइएको छ।

भारतले बुध ग्रहसहित थप अन्तरिक्ष मिसन गर्ने योजना गरिरहेको छ ।

भारतको अन्तरिक्ष निकायले यसका लागि वास्तविक रूपमा जम्मा कति लागत लाग्यो भन्ने यकिन विवरण सार्वजनिक गर्न बाँकी नै छ र यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको छ।

इसरोले गहिरो अन्तरिक्ष मिसनका लागि कम शक्तिशाली रकेटहरूको प्रयोग गर्छ र यानको अगाडिका थप अन्तरिक्ष यात्राका लागि गुरुत्वाकर्षण बलको प्रयोग गर्छ।

यसले चन्द्रमा, मङ्गलग्रह जस्ता गन्तव्यमा पुग्नका लागि आवश्यक समयलाई बढाउँछ तर यसले गह्रुँगो रकेटहरूको प्रक्षेपण लागत भने उल्लेख्य अनुपातमा घटाउँछ।

यही उपायका कारण भारतको अन्तरिक्ष निकायले हालैका समयमा तुलनात्मक रूपमा थोरै बजेटमा पनि ठूला सफलताहरू हासिल गर्न सकेको छ।

मानवरहित चन्द्रयान ३ अभियान गत साता चन्द्रमाको सतहमा अवतरण गरेको छ। चन्द्रमामा सफल अवतरण गर्ने अमेरिका, रुस र चीनपछि भारत चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो राष्ट्र बनेको छ।

सन् २०१४ मा मङ्गल ग्रहको कक्ष वरिपरि यान राख्ने भारत पहिलो एशियाली मुलुक बनेको थियो। र भारतले अब अर्को वर्ष पृथ्वीको कक्षमा मानवसहितको तीन‍(दिने अन्तरिक्ष मिसन पठाउने योजना गरेको छ।

 

Share Now

Leave a comment.