Prakash Adhikari September 4, 2023

 

क्वालालम्पुर (मलेशिया), १८ भाद्र । एसीसी महिला टी २० विश्वकप एशिया क्षेत्र छनोट अन्तरगतको आफ्नौ चौथो खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर फिल्डिड. रोजेको नेपाललाई मलेसियाले ७५ रनको लक्ष्य दिएको थियो ।

२० विकेटको निर्धारित खेलमा नेपालले सो लक्ष्य १०.३ ओभरमा १ विकेटको क्षतिमा ७५ रन हासिल गर्दै पूरा गरेको थियो ।

नेपालको जीतमा काजल श्रेष्ठले २८ बलमा ३२ रन,सीता राना मगरले २३ बलमा १७ रन र इन्दु बर्माले १२ बलमा २० रन बनाए ।

नेपाललाई जित्ने क्रममा कतारकी सबिजा अदियारी पनायनले एक विकेट लिइनले उने ६.६ ओभरमा ३२ रन बनाइरहेकी काजल श्रेष्ठको विकेट लिइन । त्यतिबेला नेपालको रन ४७ पुगेको थियो ।

नेपालका क्याप्टेन रुविना क्षेत्री,बिन्दु रावल,पूजा महतो,सम्झना खड्का, इश्वरी विष्ट खुसी डंगोल,अप्सरी वेगम र कविता जोशीले आजको खेलमा ब्याट सम्हाल्नै परेन ।

यस पहिले बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक सर्वाधिक २१ रनको योगदान दिइन् । उनलाई इन्दुले एलबीडब्लू आउट गरेकी थिइन् ।

१७ औं ओभरमा इन्दुले तीन विकेट लिँदै कतारलाई सस्तैमा रोक्ने आधार तय गरेकी थिइन् । इन्दुले तेस्रो बलमा साची, पाँचौं बलमा ट्रप्टी काले र अन्तिम बलमा श्रुतिबेन कमलेशभाइ रानालाई आउट गरेकी थिइन् । कतारकी ओपनर एलिना खान २५ बलमा १ चौकासहित १५ रनमा इन्दु बर्माबाट रन आउट भइन् ।

अर्की ओपनर खदिजा अहमद ४ बलमा १ चौकासहित ४ रन बनाउँदै पुजा महतोको बलमा एलबीडब्लू आउट भइन् । एन्जिलेने मारे १८ बलमा २ चौकासहित १४ रनमा नट आउट रहिन् । इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । पुजा महतो र कविता जोशीले एक एक विकेट लिए ।

समूह चरणमा लगातार चौथो विजय हासिल गरेको नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

समूह ए मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

युएईसँगको खेलले समूह विजेता र उपविजेता निर्धारण हुने देखिन्छ । नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमाछ । युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । समूह बी मा हङकङ ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । थाईल्यान्ड २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । कुवेत २ खेलमा २ अंकका साथ तेस्रो, चीन तीन र म्यानमार दुई खेलमा जित विहीन छन् ।

समूह ए को विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ । समूह ए को उपविजेताले समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । फाइनल पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल महिला टि२० विश्वकप छनोट खेल्न पाउनेछन् ।

Share Now

Leave a comment.