Prakash Adhikari September 12, 2023

 

काठमाडौं, २६ भाद्र । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोशो सुरु भएको छ ।

अटो शो को उद्घाटन अर्थमन्त्री डा। प्रकाशशरण महतले गर्नुभएको हो ।

अटो शो उद्घाटन गर्दा अर्थमन्त्री महतले अर्थतन्त्रभित्र देखिएको शिथिलता हट्दै गएको बताउनुभयो । सरकारले गरेका प्रयासहरुको प्रभावले आर्थिक गतिशीलतामा देखिएको र समस्या समाधान हुँदै गएको पनि अर्थमन्त्रीले दावी गर्नुभयो ।

 

६ दिनसम्म चल्ने यो अटोशो प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहेको छ । अटोशोमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहेका छन् ।
तीन बर्ष रोकिएको नाडा अटोशोमा अधिकांशले नयाँ मोडल सार्वजनिक गरेका छन् ।

बिशषगरी यो पटक विद्युतीय गाडीले नाडा अटोशो तताएको छ । कम्बसन गाडी ब्रान्डको चहलपहल कम छ ।

Share Now

Leave a comment.