काठमाडौं, २९ भाद्र । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको हो।
बैंकको सञ्चालक समितिको बैठकले ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि १.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकले घोषणा गरेको लाभांश आउँदो वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताले पाउनेछन्।
बैकलें विगत दुई आर्थिक वर्ष लाभांश दिएको थिएन । दुई आर्थिक वर्षमा बैंकले प्राथमिक पुँजीकोष अनुपात कायम गर्न नसकेपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो ।
एघार वर्षको इतिहास हेर्ने हो भने एनआईसीले सेयरधनीका लागि औसतमा १८.३२ प्रतिशत लाभांश दिएको छ । औसतमा यो लाभांशलाई आकर्षक मानिन्छ । बैंकले न्यूनतम १०.५३ देखि अधिकतम ४१.०५ प्रतिशतसम्म लाभांश दिएको छ ।
बैंकले आर्थिक वर्ष २०७६। ७७ मा २० प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १९ र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश थियो । त्यस्तै आर्थिक वर्ष २०७५।७६ मा २१.०५ प्रतिशत लाभांश दिइएको थियो । जसमा बोनस १० र नगद ११.०५ प्रतिशत थियो । आव २०७४ । ०७५ मा बैंकले १०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १० र कर प्रयोजनका लागि ०।५३ प्रतिशत लाभांश थियो ।
बैंकले आव २०७३।७४ मा २१.०५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २० र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले आव २०७२। ७३ मा २७।३७ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २६ र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश छ ।
आव २०७१। ७२ मा अहिलेसम्मकै सबैभन्दा बढी ४१.०५ प्रतिशत लाभांश दिएको थियो । उक्त आवमा बोनस ३९ प्रतिशत र करसहित २.०५ नगद लाभांश दिएको थियो । आव २०७० ।७१ मा ३० प्रतिशत लाभांश दिँदा बोनस १५ र नगद १५ प्रतिशत छ ।
यस्तै आव २०६९र०७० मा नगद मात्रै २० प्रतिशत लाभांश दिएको थियो । अहिलेसम्म बैंकले दिएको लाभांश हेर्दा नगदभन्दा बोनस नै बढी छ । बैंकको लाभांशले सेयरधनीलाई भने उत्साहित नै बनाएको बताइन्छ ।


















