काठमाडौं,२९ भाद्र । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस गरेको छ। न्यायपरिषद्को शुक्रबार बसेको बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्याय सेवा, सरकारी वकिल र कानुन सेवाबाट ३ जना र कानुन व्यवसायीबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।
कानुन व्यवसायीबाट अच्युतम कुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर रानामगर र अर्जुन महर्जन पर्नुभएको छ।
बेपत्ता नागरिक छानबिन आयोगका सचिव श्यामकुमार भट्टराई, सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी र कानुन मन्त्रालयका सहसचिव सुशील कोइराला पनि उच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुनभएको छ ।
परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका नियुक्त गर्ने व्यवस्था छ। परिषद्ले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको सरुवाको निर्णय पनि गरेको छ।


















